×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

राजनीति

नवनिर्वाचित सभामुख अर्यालको शपथ आइतबार

नवनिर्वाचित सभामुख अर्यालको शपथ आइतबार

काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख डोलप्रसाद अर्याल(डीपी)ले पद तथा गोपनीयताको शपथ आइतबार(चैत २२) लिने भएका छन् ।

राष्ट्रपति कार्यालय शीतल निवासबाट प्राप्त जानकारीअनुसार सभामुख अर्यालको शपथ आइतबार दिउँसो साढे २ बजेका लागि तय भएको छ ।

सभामुख अर्यालको शपथग्रहण कार्यक्रम राष्ट्रपति भवन शीतल निवासमा हुनेछ । उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताका शपथ खुवाउनेछन् ।

प्रतिकृया दिनुहोस्