×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

समाचार

प्रतिकूल मौसमका कारण भैरहवासहित पाँच विमानस्थलको उडान अवतरण ठप्प 

प्रतिकूल मौसमका कारण भैरहवासहित पाँच विमानस्थलको उडान अवतरण ठप्प 

काठमाडौं । भैरहवासहित विभिन्न ५ वटा विमानस्थलको उडान तथा अवतरण शुक्रबार दिउँसो साढे दुई बजेसम्म पनि ठप्प छ । हुस्सुका कारण तराई क्षेत्रका विमानस्थल जाने र आउने यात्रु प्रभावित भएका हुन् ।

जनकपुर, सिमरा, नेपालगन्ज, धनगढी र भैरहवा विमानस्थल हुस्सुका कारण खुलेको छैन । जसका कारण तराई क्षेत्रमा जाने यात्रु प्रभावित भएको हो । 

तराई भेगमा बाक्लो हुस्सुले भिजिविलिटी नपुग्दा उडान तथा अवतरण प्रभावित बनेको हो । यसले हजारौं यात्रु प्रभावित बनेका छन् ।

सामान्य अवस्थामा भन्दा उडान नहुँदा विमानस्थलमा यात्रुको चापभने बढ्ने गरेको छ । शुक्रबारका लागि पनि उडान भएसँगै अधिकांश उडान रद्द भएको छ । 

राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेलाई भैरहवा लैजाने तयारी गरे पनि भैरहवामा जहाज उड्न नसक्दा चितवनको भरतपुर विमानस्थलका लागि उडाइएको छ ।


 

प्रतिकृया दिनुहोस्