काठमाडौं । जिल्ला कारागार कार्यालय कञ्चनपुरमा तनाव भएको छ । कारागारमा रहेका कैदीबन्दीबीच विवाद भएपछि अहिले तनाव सिर्जना भएको हो ।
तनाव उत्पन्न भएको भन्ने खबर आएपछि थप प्रहरी परिचालन गरिएको जनाइएको छ । दुई समूहबीच विवाद भएपछि तनाव उत्पन्न भएको हो । के कारणले विवाद भयो भन्ने यकिन हुन बाँकी नै रहेको जनाइएको छ ।