×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

समाचार

सुनसरीमा ट्रक दुर्घटना, एकै गाउँका पाँचजनाको मृत्यु, तीन घाइते

सुनसरीमा ट्रक दुर्घटना, एकै गाउँका पाँचजनाको मृत्यु, तीन घाइते

काठमाडौं । सुनसरीमा भएको सवारी दुर्घटनामा एकै गाउँका पाँचजनाको ज्यान गएको छ । जिल्लाको भोक्राह नरसिंह गाउँपालिका–८, सोनीयाहीमा बिहीबार बिहान मालवाहक ट्रक पल्टँदा पाँच मजदुरको घट्नास्थलमै मृत्यु भएको हो । 

प्रहरीकाअनुसार,मोरङको विराटनगरबाट मार्बल बोकेर राजविराजतर्फ जाँदै गरेको को१ख ४५४१ नम्बरको ट्रक बिहान साढे ५ बजेतिर अनियन्त्रित भएर पल्टिएको थियो । दुर्घटनामा मार्बलले किचिएर उनीहरूको मृत्यु भएको सुनसरीका डीएसपी चन्द्र खड्काले जानकारी दिए । उनीहरू मार्बलमाथि बसेका थिए । 

दुर्घटनामा ३२ वर्षीय धीरेन्द्र गुरुङ, ५५ वर्षीय बर्मदेश गुरुङ, ५० वर्षीय टंक गुरुङ र २८ वर्षीय निशु गुरुङको मृत्यु भएको हो । उनीहरू सबै एकै गाउँका बासिन्दा भएको प्रहरीले जनाएको छ । 

दुर्घटनामा तीनजना सामान्य घाइते भएका छन् । दुर्घटनालगत्तै फरार ट्रक चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्