×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

अर्थ/वाणिज्य

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट आज थप ४० अर्ब रूपैयाँ उठाउने

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट आज थप ४० अर्ब रूपैयाँ उठाउने

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट आज थप ४० अर्ब रूपैयाँ उठाउने भएको छ । बजारमा अत्याधिक तरलता बढेपछि राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट रकम उठाउने भएको हो । 

राष्ट्र बैंकले ३५ दिनका लागि आज दिउँसो ३ बजे बोलकबोलको समय तोकेको छ । बोल गर्न सकिने रकम कम्तीमा १० करोड रूपैयाँ र बढीमा पाँच करोड रूपैयाँले भाग गर्दा आउने निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म रहेको छ । 

सावाँ तथा ब्याज भुक्तानी आगामी पुस १० गते तोकिएको छ । यसको ब्याज दरसमेत बोलकबोलको माध्यमबाट हुनेछ । राष्ट्र बैंकका अनुसार निक्षेप संकलनको बोलकबोल ब्याज दरमा गर्नुपर्ने छ । 

बहु ब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिनेछ । निक्षेप संकलन उपकरणको बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजत पत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउनेछन् । 

प्रतिकृया दिनुहोस्