×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

राजनीति

एमाले महाधिवेशन : मतगणनाको प्रारम्भिक नतिजा सार्वजनिक, ओलीको १५७ पोखरेलको ७४ मत

एमाले महाधिवेशन : मतगणनाको प्रारम्भिक नतिजा सार्वजनिक, ओलीको १५७ पोखरेलको ७४ मत

काठमाडौं । नेकपा (एमाले) को ११औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको मतदानको मतगणनाको प्रारम्भिक नतिजा सार्वजनिक भएको छ।

काठमाडौंको भृकुटीमण्डपमा जारी मतगणनाको सुरुवाती नतिजा अनुसार अध्यक्षका उम्मेदवार केपी शर्मा ओलीले अग्रता लिएका छन् । 

अध्यक्षका उम्मेदवार केपी शर्मा ओलीले १५६ र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले ६७ मत प्राप्त गरेका छन् । त्यस्तै, महासचिवका उम्मेदवार शंकर पोखरेलले ११५ र सुरेन्द्र पाण्डेले १०८ मत प्राप्त गरेका छन् ।

विद्युतीय मतदान मेसिनमार्फत गरिएको मतदानको गणना कार्य सुचारु रहेकाले केही घण्टाभित्रै अन्तिम परिणाम आउने अपेक्षा गरिएको छ।

महाधिवेशनमा २,२६३ प्रतिनिधिहरूले मतदान गरेका थिए।


 

प्रतिकृया दिनुहोस्