×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

राजनीति

दुई बुथको मतगणना सम्पन्न : ओली अध्यक्षमा अग्रस्थानमा, उपाध्यक्ष र सचिव पदमा कडा प्रतिस्पर्धा

दुई बुथको मतगणना सम्पन्न : ओली अध्यक्षमा अग्रस्थानमा, उपाध्यक्ष र सचिव पदमा कडा प्रतिस्पर्धा

काठमाडौं — दुईवटा बुथ (१६ वटा स्टल र १६ वटा चिप्स) मा भएको आन्तरिक निर्वाचनको मतगणना सम्पन्न भएको छ । कुल ४४३ मत खसेको यस मतगणनामा अध्यक्षदेखि सचिवसम्मका पदमा कडा प्रतिस्पर्धा देखिएको छ ।

अध्यक्ष

अध्यक्ष पदमा केपी शर्मा ओलीले ३३३ मत प्राप्त गर्दै स्पष्ट अग्रता लिएका छन् । उनका प्रतिस्पर्धी ईश्वर पोखरेलले ११० मत पाएका छन् ।

उपाध्यक्ष

उपाध्यक्ष पदमा पृथ्वी सुव्वा गुरुङ ३५६ मतसहित अग्रस्थानमा छन् । विष्णु प्रसाद पौडेलले ३४९ मत प्राप्त गर्दै उनलाई नजिकबाट पछ्याएका छन् । रामबहादुर थापा ‘बादल’ ले ३०९ मत पाएका छन् भने छवटा अन्य उम्मेदवार पछि छन् ।

गोकर्णराज विष्ट : २५६

रघुजी पन्त : २५३

गुरु प्रसाद बराल : २४२

विन्दा पाण्डे : १६९

पर्शुराम मेघी गुरुङ : ८६

अरुण नेपाल : ७९

टंक प्रसाद कार्की : ७५

भीमप्रसाद आचार्य : ५१

महासचिव

महासचिव पदमा शंकर पोख्रेलले २४९ मत प्राप्त गरेका छन् भने सुरेन्द्र प्रसाद पाण्डेले १९४ मत पाएका छन् । दुवैबीचको अन्तरले अन्तिम परिणाम निर्णायक हुने संकेत देखिएको छ ।

उपमहासचिव

उपमहासचिव पदमा लेखराज भट्ट २९३ मतसहित अग्रस्थानमा छन् । रघुवीर महासेठ (२६७) र योगेश भट्टराई (२६४) छ । उपमहासचिव तीन जना छानिने व्यवस्था छ ।

विष्णुप्रसाद रिमाल : २२०

आनन्द प्रसाद पोख्रेल : १३३

वैजनाथ चौधरी : ९७

राजेन्द्र प्रसाद गौतम : ५५

सचिव

सचिव पदमा छविलाल विश्वकर्मा र महेश बस्नेतले समान ३११–३११ मत प्राप्त गर्दै अग्रता लिएका छन् । पद्मा कुमारी अर्यालले ३०५ मत र शेरधन राईले ३०० मत पाएका छन् ।

खगराज अधिकारी : २७९

हिक्मत कुमार कार्की : २७४

यमलाल कडेल : २५९

राजन भट्टराई : २३५

भानुभक्त ढकाल : २२५

गोकुल प्रसाद बास्कोटा : १९२

ठाकुर प्रसाद गैरे : १७५

कर्णबहादुर थापा : १६६

रचना खड्का : १५९

लाल बाबु पण्डित : १५०

विनोद प्रसाद ढकाल : १४८

अग्नि प्रसाद खरेल : १३९

कृष्ण गोपाल श्रेष्ठ : ११४

पुरूषाेत्तम पौडेल : ८६

पेम्वा लामा : ८५

इन्द्रलाल सापकोटा : ७४

मतगणनाको यो नतिजाले संगठनभित्रको शक्ति सन्तुलन र आगामी नेतृत्व संरचनाको दिशा संकेत गरेको छ । अन्तिम परिणाम र बाँकी प्रक्रियाबारे आधिकारिक घोषणाको प्रतीक्षा गरिएको छ ।

प्रतिकृया दिनुहोस्