काठमाडौं । पुस महिनाको अन्तिम दिन जाडो बढेको छ । तापक्रम घटेसँग जडो बढेको हो । आज काठमाडौं उपत्यकाको तापक्रम करिब दुई डिग्री नजिक पुगेको छ ।
आज बिहान ६ बजेर २७ मिनेटमा ३ डिग्री सेन्टिग्रेटमा झरेको न्यूनतम तापक्रम बिहान पौने ९ मा २.३ मा झरेको हो । आज मापन भएको तापक्रम मंगलबारको भन्दा कम हो । मंगलबार यही समयमा काठमाडौंको न्यूनतम तापक्रम २.८ थियो ।
काठमाडौंको अधिकतम तापक्रम १७.२ डिग्री सेल्सियस मापन भएको छ ।आज सबैभन्दा कम तापक्रम जुम्लामा माइनस ५.९ डिग्री सेल्सियस तापक्रम मापन भएको छ । जनकपुर र चन्द्रगढीमा सबैभन्दा धेरै ९ डिग्री मापन भएको छ ।
यसैबीच, आज तराई भू-भागका केही स्थानहरूमा हुस्सुरकुहिरो लागेको छ । कोशी प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागमा आंशिक बादल लाग्ने तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।