×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

शेयर बजार

नेप्सेले दियो गिरावटलाई निरन्तरता, कारोबार रकम ५ अर्ब १ करोड

नेप्सेले दियो गिरावटलाई निरन्तरता, कारोबार रकम ५ अर्ब १ करोड

काठमाडौं । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक बढेर बन्द भएको छ। अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार घटेर बन्द भएको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।

आइतबार नेप्से परिसूचक १०.२९ अंक घटेर २ हजार ६ सय १० दशमलव ६३ विन्दुमा झरेको छ।  नेप्से घटेपनि यस दिन कारोबार रकम भने बढेको छ। गत बिहीबार ४ अर्ब ७१ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३२३ स्टकको ७९ हजार ७०२ पटकको कारोबारमा ५ अर्ब १ करोड ७५ लाख ८७ हजार रुपैयाँबराबरको १ करोड २ लाख ७४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

१३ उपसमूहमध्ये यस दिन ३ उपसमूहको परिसूचक बढेको छ भने १० उपसमूहको परिसूचक घटेको छ। यस दिन उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक १।०४ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन होटल तथा पर्यटन र व्यापार उपसमूहको परिसूचक सामान्य बढेको हो। कारोबारमा आएको अन्य उपसमूहको परिसूचक यस दिन सर्वाधिक १।६९ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन एसवाई प्यानल नेपाल शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३० करोड ६५ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन श्रीनगर एग्रीटेक इण्डष्ट्रिजको करिब २३ करोड रुपैयाँको शेयर किनबेच भएको छ भने बन्दीपुर केबलकार एण्ड टुरिजमको कारोबार रकम २२ करोड रुपैयाँ नाघेको छ।

यस दिन २ स्टकको शेयर सकारात्मक सर्किट लागेको छ। यस दिन विन नेपाल लघुवित्त वित्तीय संस्था र श्रीनगर एग्रीटेक इण्डष्ट्रिजको शेयर सकारात्मक सर्किट लागेको हो। त्यस्तै, यस दिन सान्भि इनर्जीको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ भने सागर डिष्लिटरी र युनाइटेड ईदी मार्दी आरबि हाइड्रोपावरको शेयरमूल्य करिब ८ प्रतिशत बढेको छ।

प्रतिकृया दिनुहोस्