×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

समाचार

खानेपानी मन्त्रालयका सचिवसहित १७ जनाविरुद्ध सर्वोच्चमा पुनरावेदन

खानेपानी मन्त्रालयका सचिवसहित १७ जनाविरुद्ध सर्वोच्चमा पुनरावेदन

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेलम्ची खानेपानी आयोजनमा भएको भ्रष्टाचारमा विशेष अदालतद्वारा सफाइ पाएका खानेपानी मन्त्रालयका सचिव डा सञ्जय शर्माविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन दिएको छ । 

आयोगले आज विज्ञप्ति जारी गरी मेलम्ची खानेपानी विकास समितिका  तत्कालिन अध्यक्ष र खानेपानी मन्त्रालका सचिवहरु भीमप्रसाद उपाध्याय, गजेन्द्रकुमार ठाकुर, मेलम्ची खानेपानी विकास समितिका तत्कालीन बोर्ड सदस्य रुद्रसिंह तामाङ, तत्कालीन बोर्ड सदस्य मुकुन्दप्रसाद पौडेललगायत १७ जनाविरुद्ध अख्तियारले सर्वोच्च अदालतमा पुनरावेदन दिएको जनाएको छ । 

फैसला पुनरावलोकनका लागि आज सर्वोच्चमा गरिएको पुनरावेदनमा जेनजी सहिद परिवारको तर्फबाट सरकार तथा जेनजी आन्दोलनकारीबीचको सम्झौतामा हस्ताक्षर गरेका भोजविक्रम थापालाई विपक्षी बनाइएको छ । 

मेलम्ची आयोजना भ्रष्टाचारबारे अख्तियारले २०८० फागुनमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो । भ्रष्टाचार मुद्दामा थापाविरुद्ध रु ३२ करोड ३५ लाख ६१ हजार ६६३ बिगो कायम गरी जरिवाना र कैद सजाय माग दाबी गरिएको थियो । विशेष अदालतले सफाइ दिएपछि अख्तियार सर्वोच्च गएको हो । 

विशेष अदालतले २०८१ भदौ १६ गतेको फैसलाबाट आंशिक सफाइ दिएकाले उल्लेखित फैसलाउपर चित्त नबुझेकाले आज सर्वोच्च अदालतमा पुनरावेदन निवेदन दर्ता गरिएको हो । 
 

प्रतिकृया दिनुहोस्