काठमाडौं । ७ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन नागरिक लगानी कोष, प्राइम कमर्सियल बैंक, रिलायबल नेपाल लाइफ इन्स्योरेन्स, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी, हिमालयन एभरेष्ट इन्स्योरेन्स, जीवन विकास लघुवित्त वित्तीय संस्था र कालिका लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यी सबै कम्पनीहरुले भोली अर्थात पुस २१ गते बुकक्लोज गर्दैछन्। यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले यी कम्पनीहरुको साधारण सभामा सहभागिता जनाउन तथा यी कम्पनीहरुले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।
गत आर्थिक वर्षको नाफाबाट रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले १२ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । इन्स्योरेन्सले आफ्नो नवौँ वार्षिक साधारणसभा यही पुस २९ गते साधारणसभा आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाडौंको गैह्रीधारास्थित एलिस रिसेप्सनमा बिहान ११ बजेबाट सुरु हुनेछ।
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले ४ प्रतिशत बोनस शेयर र ४.४२१ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । इन्स्योरेन्सले आफ्नो नवौँ वार्षिक साधारण सभा पुस २९ गते मंगलबार गर्ने भएको छ । सभा सिल्भर ओक व्याङक्वेट एण्ड इभेण्ट सेन्टर, गैन्धारा, काठमाडौंमा बिहानको ११ बजे गर्ने जनाएको छ ।
हिमालयन एभरेष्ट इन्स्योरेन्सले ८ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । इन्स्योरेन्सले आफ्नो ३२ औँ वार्षिक साधारणसभा माघ ६ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाडौंको शंखमूलस्थित अनमोल ब्यांक्वेटमा बिहान ११ बजेबाट सुरु हुनेछ।
त्यस्तै, प्राइम कमर्सियल बैंकले ८ प्रतिशत बोनस शेयर र ०.४२१ प्रतिशत नगद लाभांश, सिटिजन इन्भेष्टमेन्ट ट्रस्टले ५ प्रतिशत बोनस शेयर र ८ प्रतिशत नगद लाभांश, जीवन विकास लघुवित्तले १४ प्रतिशत बोनस शेयर र ०.७३६८ प्रतिशत नगद लाभांश र कालिका लघुवित्तले १० प्रतिशत बोनस शेयर र ०.५३६३ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ ।