×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

समाचार

इन्धन बचत गर्न काठमाडौँ महानगरका कर्मचारीमा 'कार पुलिङ' प्रणाली कार्यान्वयन

इन्धन बचत गर्न काठमाडौँ महानगरका कर्मचारीमा 'कार पुलिङ' प्रणाली कार्यान्वयन

काठमाडौँ । इन्धन कटौतीपछि काठमाडौँ महानगरपालिकाले अधिकारीहरुलाई उपलब्ध गराएको सवारी साधनलाई आलोपालो चलाउने प्रणाली ‘कार पुलिङ्’ कार्यक्रम कार्यान्वयनमा ल्याएको छ । 

कार्यवाहक प्रमुख सुनिता डंगोलका अनुसार इन्धन अभावबाट सिर्जना भएको अवस्था र यसले दीर्घकालमा पार्न सक्ने नकारात्मक प्रभाव घटाउन यस्तो निर्णय गरिएको  हो । 

उनले भनेकी छन्- 'विश्वभर इन्धनको अभाव छ । यसबेला पहिलेकै अवस्थामा सवारी साधन सञ्चालन गर्दा अत्यावश्यक काम र सेवाका लागि आवश्यक पर्ने इन्धन पनि नपाइने हुन सक्छ । यस्तो समस्या आउन नदिन इन्धनको प्रयोगलाई घटाउनुको विकल्प छैन । यसकारण इन्धनजन्य सम्भावित समस्या आउन नदिन ‘कार पुलिङ्’ कार्यक्रम कार्यान्वयनमा ल्याएका हौँ ।'

महानगरपालिकाले ४८ औँ कार्यपालिका बैठकबाट इन्धन कोटामा कटौती गरिसकेको छ । 

‘कार पुलिङ्’ कार्यक्रममा बसोबास क्षेत्रका आधारमा एउटै ठाउँबाट आउने जाने अधिकारीहरुको समूह बनाइएको छ । यस समूहमा हुनेले आफूसँग भएको सवारी साधन आलोपालो सञ्चालन गरेर आफू नजिकका अधिकारीलाई पनि ल्याउने लाने गर्नुपर्छ । यसो गर्दा कार्यालयमा आउने जाने सवारी साधनको संख्या र इन्धनको प्रयोग घट्नेछ । 

प्रतिकृया दिनुहोस्