×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

बलिउड/हलिउड

बलिउड फिल्म ‘धुरन्धर’ को ऐतिहासिक कमाइ : ९०० करोडको आँकडा पार

बलिउड फिल्म ‘धुरन्धर’ को ऐतिहासिक कमाइ : ९०० करोडको आँकडा पार

काठमाडौं । रणवीर सिंह अभिनित बलिउड फिल्म ‘धुरन्धर’ सन् २०२५ मा विश्वव्यापी रूपमा ९०० करोड भारुभन्दा बढी व्यापार गर्ने पहिलो भारतीय फिल्म बनेको छ। रिलिजको तेस्रो सातासम्म आइपुग्दा फिल्मले बक्स अफिसमा एकपछि अर्को कीर्तिमान कायम गरिरहेको छ।

मंगलबारसम्म भारतमा मात्र फिल्मको कुल नेट कमाइ ६१९.३० करोड भारु पुगेको छ। यही गति कायम रहेमा फिल्मले छिट्टै विश्वव्यापी १००० करोड भारुको ऐतिहासिक क्लबमा प्रवेश गर्ने निश्चित देखिएको छ।

तेस्रो साताको शुक्रबार २३.७० करोड भारु, शनिबार ३५.७० करोड भारु, आइतबार ४०.३० करोड भारु, सोमबार १९.७० करोड भारु, मंगलबार २०.४० करोड भारु नेट कमाइ छ ।

यस फिल्मले भारतीय विदेश मन्त्रालयले पाकिस्तानमा सञ्चालन गरेको 'धुरन्धर' नामक गोप्य जासूसी अप्रेसनको कथालाई समेटेको छ। फिल्ममा रणवीर सिंहले भारतीय जासूसको प्रभावशाली भूमिका निर्वाह गरेका छन् भने अक्षय खन्नाले पाकिस्तानी राजनीतिज्ञ 'रहमान डकैत' को रूपमा सशक्त अभिनय गरेका छन्।

फिल्मले उत्तर अमेरिका (अमेरिका र क्यानडा) क्षेत्रमा उत्कृष्ट व्यापार गरेको छ। यद्यपि, पाकिस्तान विरोधी कथावस्तु भएको भन्दै केही खाडी मुलुकहरूले भने फिल्मको प्रदर्शनमा प्रतिबन्ध लगाएका छन्।

फिल्मको भाग २ मार्च २०२६ मा रिलिज हुने अपेक्षा छ ।

प्रतिकृया दिनुहोस्