×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

विश्व

भारतको उत्तराखण्डमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु

भारतको उत्तराखण्डमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु

काठमाडौं । भारतको उत्तराखण्ड राज्यमा पर्ने अल्मोडा जिल्लामा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।

सल्ट–भिकियासैंण क्षेत्रमा मंगलबार बिहान भएको सडक दुर्घटनामा अन्य १२ जना घाइते भएका छन् ।

द्वाराहाटबाट रामनगर जाँदै गरेको बस खेलापानी नामक स्थानमा दुर्घटनामा परेको हो । बस सडकदेखि १५० मिटर मुनि खसेको थियो ।

सो बसमा १९ जना सवार थिए ।


 

प्रतिकृया दिनुहोस्