×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

समाचार

मंसिर २० देखि समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम सुरु हुने

मंसिर २० देखि समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम सुरु हुने

काठमाडौं । समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम यही २० मंसिरदेखि सञ्चालन हुने भएको छ ।

२० मंसिरदेखि समानुपातिक निर्वाचनतर्फको कार्यक्रम आयोगबाट अगाडि बढ्ने छ ।  निर्वाचन आयोगबाट स्वीकृत कार्यक्रमअनुसार २१ मंसिर बिहान १० बजेदेखि २३ मंसिर दिउँसो ४ बजेसम्म समानुपातिक निर्वाचनमा भाग लिन चाहने राजनीतिक दलहरूले निवेदन पेश गर्नेछन् ।

निवेदन पेश गरेका राजनीतिक दलहरूको नामावली प्रकाशन २४ मंसिर बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म हुनेछ ।

१३ र १४ पुस बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म राजनीतिक दलहरूले उम्मेदवारको बन्दसूची पेश गर्नेछन् । २० माघ बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म उम्मेदवारको बन्दसूची अन्तिम रूपमा प्रकाशन गर्ने कार्यक्रम रहेको छ।

स्वीकृत निर्वाचन कार्यक्रम अनुसार २१ फागुन बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा मतदान हुनेछ।

प्रतिकृया दिनुहोस्