×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

खेलकुद

राखेप सदस्यसचिव टंकलाल घिसिङको बिदाइ

राखेप सदस्यसचिव टंकलाल घिसिङको बिदाइ

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङ चार वर्षे कार्यकाल पूरा गरी बिदाइ भएका छन्।

युवा तथा खेलकुद मन्त्रालयको सिफारिसमा १३ मंसिर २०७८ मा बसेको मन्त्रिपरिषदको निर्णयअनुसार घिसिङ राखेपको २३ औं सदस्य सचिवमा नियुक्त भएका थिए ।

शेरबहादुर देउवा नेतृत्वको तत्कालीन सरकारले रमेश सिलवाललाई बर्खास्त गरेपछि राखेप सदस्य सचिवका लागि युवा तथा खेलकुद मन्त्रालयले सिफारिस समिति गठन गरेको थियो।

उनलाई शुक्रबार मन्त्रालयबाट बिदाइ गरिएको हो । उनको बिदाइपछि अब युवा तथा खेलकुद मन्त्रालयले खेलकुद विकास ऐनअनुसार नयाँ सदस्यसचिव नियुक्तिको प्रक्रिया अगाडि बढाउनेछ।

नयाँ सदस्य सचिवका लागि सिफारिस समिति गठन गर्ने र प्राप्त नामहरूमध्येबाट एक जनालाई मन्त्रिपरिषद्ले नियुक्त गर्नेछ।

तत्कालीन नेकपा माओवादी केन्द्रको बागमती प्रदेश सचिवालय समितिका सदस्य तथा नेपाल रग्बी संघका अध्यक्षसमेत रहेका घिसिङको नेतृत्वमा नेपाली खेलकुदले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागिता जनाउनुका साथै भौतिक पूर्वाधार विकासमा केही महत्वपूर्ण कार्यहरू अघि बढाएको थियो ।

उनको कार्यकालको मुख्य जिम्मेवारीमध्ये एक राष्ट्रिय खेलकुद प्रतियोगिताको सफल आयोजना हो।

प्रतिकृया दिनुहोस्