×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

समाचार

सानोठिमी बाल सुधार गृहका २ जना अस्पताल भर्ना, १६२ स्थानान्तरण

सानोठिमी बाल सुधार गृहका २ जना अस्पताल भर्ना, १६२ स्थानान्तरण

काठमाडौं । भक्तपुरको बाल सुधार गृहमा बिहीबार राति भएको झडपमा परी १३ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जना अस्पतालमा उपचाररत छन् ।

झडपपछि १६२ जनालाई स्थानान्तरण गरी सुधार गृह खाली गराइएको छ । एक पक्षले अर्को पक्षलाई हेप्ने, पिट्ने गरेपछि झडप भएको हो । झडपको क्रममा आगजनी समेत भएको थियो ।

मध्यराति झडप भएको खबर आएपछि प्रहरी घटनास्थल पुगेको थियो । स्थिति नियन्त्रणमा लिन प्रहरी टोली सुधार गृहभित्र छिर्न खोजे पनि सुधार गृहमा रहेकाहरुले ढुंगामुढा गरेपछि प्रहरी रोकिएको थियो ।

उक्त बाल सुधार गृहमा जम्मा १६४ जना थिए । आगजनी लगाएर भवन ध्वस्त बनाएपछि अहिले सबैलाई स्थानान्तरण गरिएको छ । उनीहरुलाई जिल्ला प्रहरी परिसर काठमाडौं र भक्तपुरको बाल सुधार निगरानी कक्षमा राखिएको छ । 

प्रतिकृया दिनुहोस्