×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

राजनीति

तीन राजनीतिक दलले बुझाए समानुपातिकको बन्द सूची

तीन राजनीतिक दलले बुझाए समानुपातिकको बन्द सूची

काठमाडौं । फागुन २१ गते तोकिएको प्रतिनिधि सभा निर्वाचनको लागि राजनीतिक दलहरुले निर्वाचन आयोगमा समानुपातिकतर्फको बन्दसूची बुझाउन थालेका छन्।

आयोगकाअनुसार आइतबार दिउँसोसम्म नेपाल मजदुर किसान पार्टी (नेमकिपा) सहित तीन वटा राजनीतिक दलले बन्दसूची पेस गरेका छन्।

तीन वटा राजनीतिक दलहरुले १३४ जनाको बन्दसूचि आयोगमा पेश गरेको जनाइएको छ । आईतवार र सोमवार बन्दसूचि पेश गर्ने समय तोकिएको छ ।

आयोगले समानुपातिकको बन्दसूचि पेश गर्ने कामलाई दुई चरणमा गरिरहेको जनाइएको छ । पहिलो चरणमा सम्बन्धित दलहरुले सिफारिस गरेको उम्मेद्वारको नाम मतदाता नामावलीमा नाम रहेरनरहेको यकिन गरेर निस्सा उपलब्ध गराउने जनाइएको छ । सोमवार ६ बजेसम्म आउने दलहरुलाई सेवा दिने जनाइएको छ  । 

 पुस १५ देखि २० गतेसम्म नामावलीको भेरिफाई गरेर कानूनअनुसार मिलेरनमिलेको हेरेर मिलाउनुपर्ने भएमा २० गते सूचना दिने बताए। 
 

प्रतिकृया दिनुहोस्