×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

शेयर बजार

होटेल फरेस्ट इनलाई ४० करोडको आईपीओ जारी गर्न धितोपत्र बोर्डको अनुमति

होटेल फरेस्ट इनलाई ४० करोडको आईपीओ जारी गर्न धितोपत्र बोर्डको अनुमति

काठमाडौं । बुढानीलकण्ठस्थित अत्याधुनिक र सुविधायुक्त 'होटेल फरेस्ट इन लिमिटेड' ले सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने अन्तिम अनुमति पाएको छ।

नेपाल धितोपत्र बोर्ड (सेबोन) ले होटेललाई कुल ४० करोड रुपैयाँ बराबरको आईपीओ ल्याउन स्वीकृति दिएको हो। बोर्डको यो निर्णयसँगै होटेलले अब छिट्टै नै प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका कुल ४० लाख कित्ता साधारण शेयर सार्वजनिक निष्काशन गर्ने प्रक्रिया अगाडि बढाउनेछ।

होटेल फरेस्ट इनले आईपीओका लागि लामो समयदेखि प्रक्रिया अगाडि बढाएको थियो। प्राप्त जानकारी अनुसार, होटेलले २०८० साल कात्तिक १५ गते धितोपत्र बोर्डमा निवेदन दिएको थियो। निवेदन दिएको करिब दुई वर्षभन्दा लामो समयको प्रशासनिक र प्राविधिक प्रक्रियापछि मात्र होटेलले यो अनुमति प्राप्त गरेको हो। बोर्डमा नेतृत्वको रिक्तता र नीतिगत अन्योलका कारण पछिल्लो समय धेरै कम्पनीको आइपिओ प्रक्रिया सुस्त बनेको थियो, जसको प्रभाव यस होटेललाई पनि परेको देखिन्छ।

होटेल फरेस्ट इनको आइपिओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ।  


 

प्रतिकृया दिनुहोस्