×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

शेयर बजार

३१ अंकले बढ्यो नेप्से, कारोबार रकम ८ अर्ब ४० करोड

३१ अंकले बढ्यो नेप्से, कारोबार रकम ८ अर्ब ४० करोड

काठमाडौं । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक बढेर बन्द भएको छ। अघिल्लो कारोबार दिन अर्थात गत बुधबार सामान्य अंक बढेर बन्द भएको नेप्से, यस दिन भने १.१७ प्रतिशत बढेर बन्द भएको हो।

आइतबार नेप्से परिसूचक ३१.१२ अंक बढेर २ हजार ६ सय ७२ दशमलव ५५ विन्दुमा पुगेको छ।  

नेप्सेको वृद्धिलाई यस दिन कारोबार रकमले पनि साथ दिएको छ। गत बुधबार ६ अर्ब २० करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३३८ स्टकको ९५ हजार ४४५ पटकको कारोबारमा ८ अर्ब ४० करोड २७ लाख ९७ हजार रुपैयाँबराबरको १ करोड ६६ लाख ११ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये वित्त उपसमूहको परिसूचक सर्वाधिक ५।७३ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन विकास बैंक उपसमूहको परिसूचक ३ प्रतिशत बढेको छ भने होटल तथा पर्यटन र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ।

कारोबार रकमका आधारमा यस दिन मञ्जुश्री फाइनान्स शीर्ष स्थानमा रहेको छ। सो फाइनान्सको यस दिन ५३ करोड १६ लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ। त्यस्तै, यस दिन एसवाई प्यानल नेपालको ३७ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ भने श्रीेनगर एग्रीटेकको कारोबार रकम २८ करोड रुपैयाँ नाघेको छ।

यस दिन ४ स्टकको शेयर सकारात्मक सर्किट लागेको छ। यस दिन सागर डिष्टिलरी, उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था, श्रीनगर एग्रीटेक इण्डष्ट्रीज र गोर्खाज फाइनान्सको शेयर सकारात्मक सर्किट लागेको हो। त्यस्तै, यस दिन सेन्ट्रल फाइनान्स र गुराँस लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य करिब ९ प्रतिशत बढेको छ भने बन्दीपुर केबलकार एण्ड टुरिजमको शेयरमूल्य करिब साढे ७ प्रतिशत बढेको छ। 

प्रतिकृया दिनुहोस्