×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

राजनीति

श्रम संस्कृति पार्टीको दोस्रो जित, सुनसरी- १ बाट हर्क साम्पाङ विजयी

श्रम संस्कृति पार्टीको दोस्रो जित, सुनसरी- १ बाट हर्क साम्पाङ विजयी

काठमाडौँ । सुनसरी-१ बाट श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ) विजयी भएका छन् ।  साम्पाङले ३५ हजार ७४१ मत प्राप्त गर्दै विजयी भएका हुन् ।

त्यस्तै उनका निकटतम प्रतिष्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार गोमा तामाङ (सरिन) लाई पराजित गरेका हुन् । उनले २७ हजार २४९ मत प्राप्त गरेकी थिइन् । साम्पाङले ८ हजार ४९२ मत अन्तरले तामाङलाई पराजित गरेका छन् । सुनसरी- १ मा कुल ८७ हजार ४७१ मत खसेको थियो । 

योसँगै श्रम संस्कृति पार्टीले २ सिटमा जित हासिल गरेको छ । यसअघि खोटाङबाट आरेन राईले १६ हजार ६१२ मत प्राप्त गरेर जित हासिल गरेका थिए । श्रम संस्कृति पार्टी अब एक स्थान भोजपुरमा अगाडी रहेको छ ।   

प्रतिकृया दिनुहोस्