×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

सूचना/प्रविधि

एलजीको ‘एआई टिभी’ नेपाली बजारमा, वातावरण र रुचि अनुसार दृश्य-ध्वनि आफैँ मिलाउने

एलजीको ‘एआई टिभी’ नेपाली बजारमा, वातावरण र रुचि अनुसार दृश्य-ध्वनि आफैँ मिलाउने

काठमाडौँ । इलेक्ट्रोनिक्स ब्राण्ड एलजी नेपालले ‘अफेक्सनेट इन्टेलिजेन्स’ ९बाभअतष्यलबतभ क्ष्लतभििष्नभलअभ० अवधारणामा आधारित नयाँ पुस्ताको ‘एलजी एआई टिभी’ नेपाली बजारमा सार्वजनिक गरेको छ । आफ्नै अत्याधुनिक अल्फा एआई प्रोसेसर जेन टु राखिएको यो टिभीले प्रयोगकर्ताको व्यवहार बुझ्ने र सोहीअनुरूप चल्ने क्षमता राख्ने कम्पनीले जनाएको छ ।

एलजी नेपालका अनुसार यो नयाँ टिभीले रियल टाइम (वास्तविक समय) मै प्रयोगकर्ताको रुचि, हेर्ने बानी र कोठाको वातावरण विश्लेषण गरी तस्बिर तथा ध्वनिको गुणस्तर स्वतः (अटोमेटिक) कस्टमाइज गर्छ ।

एलजी एआई टिभी सिरिजमा एआई च्याटबटमार्फत संवाद गरेर सहायता लिन सकिने, एआई कन्सियर्समार्फत रुचि अनुसारको सामग्री सुझाव पाइने तथा एआई पिक्चर र साउन्ड विजार्डमार्फत दृश्य र आवाजलाई वातावरण अनुकूल बनाउन सकिने सुविधा छ । साथै, ‘एआई भोइस आईडी’ मार्फत प्रत्येक प्रयोगकर्ताले आफ्नो आवाजका आधारमा व्यक्तिगत प्रोफाइल र कमान्ड व्यवस्थापन गर्न सक्नेछन् ।

नेपाली बजारमा एलजीका चार ओटा प्रिमियम एआई सिरिजहरू उपलब्ध गराइएको छ । जसमा एलजी ओलेड इभो एआई (OLED evo AI), एलजी क्यूनेड एआई  (QNED AI), एलजी नानोसेल एआई  (NanoCell AI) र एलजी यूएचडी एआई (UHD AI) रहेका छन्।

एलजीका मार्केटिङ तथा ब्राण्ड प्रमुख मुकेश कुमार बैठाले एआई टिभीको आगमनसँगै नेपालमा इन्टेलिजेन्स इन्टरटेनमेन्ट प्रविधिको नयाँ युग सुरु भएको दाबी गरे । उनले भने, “यो प्रविधि प्रयोगकर्तालाई बुझ्ने मात्र होइन, उनीहरूसँगै विकसित हुँदै जीवनशैलीमा सार्थक परिवर्तन ल्याउने क्षमतासहित डिजाइन गरिएको छ ।”

नयाँ एआई टिभी नेपालभरका एलजीका आधिकारिक शोरुम तथा रिटेल पार्टनरहरूकहाँ उपलब्ध भइसकेको कम्पनीले जानकारी दिएको छ ।

प्रतिकृया दिनुहोस्