काठमाडौं । हुम्लाको सर्केगाड गाउँपालिका–२ रिप गाउँमा आगलागी हुँदा पाँच घर जलेका छन् । सो घट्नामा परेर दुई जना घाइते भएका छन् ।
गएराति लैबा फडेरोको घरबाट आगलागी सुरु भएको आगलागीबाट जयराम फडेरा, क्रान्ति फडेरा, रमेश महतारा र मोहन महताराको घरमा क्षति पुगेको छ । आगोमा जलेर लैबा फेडेरा र बम्बु फडेरा घाइते भएका छन् ।
घाइतेलाई उपचारका लागि राति नै एम्बुलेन्सबाट जिल्ला अस्पताल सिमकोट ल्याइएको छ । घाइतेको उपचार भइरहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा उमाकान्त तिवारीले बताए ।
आगलागीको कारण थाहा हुन नसकेको र घट्नाका सम्बन्धमा अनुसन्धान शुरू गरिएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।