×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

मनोरञ्जन

फिल्म निर्माणमा जुटे‘कमेडी च्याम्पियन’ टिम र ओएसआर

फिल्म निर्माणमा जुटे‘कमेडी च्याम्पियन’ टिम र ओएसआर

काठमाडौं । लोकप्रिय टिभी रियालिटी शो ‘कमेडी नाइट विथ च्याम्पियन्स’ समूहले निर्माण गर्न लागेको फिल्मको डिजिटल साझेदारको रुपमा ओएसआर डिजिटल जोडिएको छ ।

निर्माता कम्पनी श्री थ्री प्रोडक्सनसँग उक्त डिजिटल कम्पनीका प्रतिनिधिले लिखित सहमति गरेका छन् । विशाल भण्डारीको यो दोस्रो निर्देशकीय कथानकको छायांकन आउँदो दशैंदेखि सुरु हुँदैछ ।

उक्त फिल्मको शीर्षक तय हुन बाँकी छ । फिल्ममा ‘कमेडी नाइट विथ च्याम्पियन्स’ कै कलाकार जोडिनेछन् । आवश्यक परेमा मात्र बाहिरबाट कास्टिङ गरिने निर्देशक भण्डारीले जनाए ।

हरर कमेडी जनरामा निर्माण हुने यो फिल्मको छायांकन सकिएपछि मात्र प्रदर्शन मिति तय गर्ने तयारी छ । ‘हामी रिलिज डेट नहालीकनै सुटिङमा जाँदैछौं’ निर्देशक भण्डारीले भने ।

यो फिल्म निर्माणअघि यो कम्पनीले दुई परियोजनामा ब्यस्त हुनेछ । पहिलो- कमेडी च्याम्पियन चौंथो सिजन ल्याउने र दोस्रो- कमेडी नाइट विथ च्याम्पियन्स लाइभ फ्रम अस्ट्रेलिया आयोजना गर्ने ।’

यतिबेला विशाल आफैमा केही सहयोगीसहित पटकथा लेखनमा काम गरिरहेका छन् । उनको लागि यो निर्देशकीय पुनरागमन हुनेछ । ७ वर्षअघि उनले ‘कोहलपुर एक्सप्रेस’ निर्देशन गरेका थिए ।

प्रतिकृया दिनुहोस्