×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

मनोरञ्जन

चलचित्र ‘रमिताको पिरती’ को प्रदर्शन रोक्न माग गर्दै रिट दायर

चलचित्र ‘रमिताको पिरती’ को प्रदर्शन रोक्न माग गर्दै रिट दायर

काठमाडौं । चलचित्र ‘रमिताको पिरती’ को प्रदर्शन रोक्न माग गर्दै उच्च अदालत पाटनमा शुक्रबार रिट दायर भएको छ । अदालतकी सूचना अधिकारी पार्वती हितानले उक्त निवेदन दर्ता भएको बताइन् ।

अधिवक्ता सृष्टि भट्ट र तारकेश्वर निवासी लक्ष्मी तामाङले निषेधाज्ञासहित अन्तरिम आदेश जारी गरिपाऊँ भन्दै अदालतमा मुद्दा हालेका हुन् ।

चलचित्र विकास बोर्ड, निर्माता कम्पनी शिरो फिल्म्स प्रालि, कार्यकारी निर्मात्री अन्नपूर्ण शर्मा (आना शर्मा), लेखक सुदिप्ता अधिकारी र निर्माता सागर लम्साललाई विपक्षी बनाइएको छ ।

उक्त फिल्मले पुरुषप्रति घृणा सिर्जना गर्ने, लैंगिकरुपमा विभेदकारी देखिने कथा तयार गरि सामाजिक सद्भाव र भाइचाराको सम्बन्धलाई खलल पार्ने जनाउँदै निवेदकले यसले सम्पूर्ण पुरुषलाई असर गरेको, सामाजिक वितृष्णा फैलाएको बताउँदै उक्त फिल्मको प्रदर्शन रोक्न माग गरिएको छ ।

सार्वजनिक शिष्टाचार, नैतिकताको प्रतिकूल हुने गरि विपक्षीमध्येको बोर्डले विपक्षीलाई चलचित्र बनाउन निर्माण अनुमति दिएको, सेन्सर बोर्डले विषयको मूल्यांकन नगरि चलचित्र प्रदर्शन गर्न अनुमति प्रदान गरिएको आरोप समेत लगाइएको छ ।

अन्नपूर्ण शर्मा ९आना शर्मा० को शीर्ष भूमिका रहेको यो फिल्म अहिले हलमा चलिरहेको छ ।

प्रतिकृया दिनुहोस्