×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

राजनीति

संयोजक प्रचण्डलाई पूर्वी रुकुममा निम्तो

संयोजक प्रचण्डलाई पूर्वी रुकुममा निम्तो

काठमाडौं । आगामी फागुन २१ गतेको तयारी गरिएको प्रतिनिधि सभाको निर्वाचनको सरगर्मी बढिरहेका बेला नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रत्यक्षतर्फको निर्वाचन लड्नका लागि आफ्नो क्षेत्रमा आउन रुकुमेली जनताले अनुरोध गरेका छन् ।

औपचारिक रुपमा पत्र नै पठाएर उनीहरूले प्रचण्डलाई रुकुम (पूर्व)बाट प्रतिनिधिसभा सदस्यका लागि प्रतिनिधित्व गरिदिन भनेका हुन् । 

‘दश वर्षे जनयुद्धको जगमा उभिएको, सहिद, घाइते र संघर्षशील जनताको भूमि । यही रुकुमले देशको लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न ऐतिहासिक भूमिका निर्वाह गरेको थियो । तर, २०६४ सालपछि यस जिल्लाबाट प्रतिनिधित्व गर्ने जनप्रतिनिधिहरूले उपेक्षित विकास, सामाजिक न्याय र दूरदर्शी पहल पूरा गर्न सकेनन् । 

फलस्वरुप आज पनि रुकुम शिक्षा, स्वास्थ्य, सञ्चार, सडक र विकासका आधारभूत सेवा–सुविधाबाट सूमुचितरुपमा जोडिन सकिरहेको छैन’ पार्टी केन्द्रीय कार्यालय र जिल्ला समितिलाई बोधार्थसहित लेखिएको पत्रमा भनिएको छ– ‘यसै ऐतिहासिक पृष्ठभूमि र रुकुमेली जनताको भावना, अधिकार र उपेक्षालाई ध्यानमा राख्दै आगामी प्रतिनिधिसभा निर्वाचनमा रुकुम (पूर्व) जिल्लाबाट नेपाली कम्युनिष्ट पार्टी संयोजक, क्रान्तिका नायक पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रत्यक्ष प्रतिनिधित्व गरिनु अपरिहार्य रहेको छ ।’

केन्द्रीय कमिटीका प्रतिनिधिसभा शिफारिस उम्मेद्वार सदस्य कैलाश मल्लसहित जिल्ला, प्रदेश र भ्रातृ–भगिनी तथा जनवर्गीय संगठनका जिम्मेवार १८ जनाको हस्ताक्षर रहेको उक्त पत्रमा संयोजक प्रचण्डसँग चारबुँदे औपचारिक माग पनि राखिएको छ ।

 

प्रतिकृया दिनुहोस्