×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

शेयर बजार

सामान्य अंक घट्यो नेप्से, कारोबार रकम ६ अर्ब ४७ करोड

सामान्य अंक घट्यो नेप्से, कारोबार रकम ६ अर्ब ४७ करोड

काठमाडौं । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक सामान्य अंक घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार बढेर बन्द भएको नेप्से, यस दिन भने घटेर बन्द भएको हो।

सोमबार नेप्से परिसूचक ५.५४ अंक घटेर २ हजार ६ सय ३५ विन्दुमा पुगेको छ।नेप्से घटेपनि यस दिन कारोबार रकम भने बढेको छ। गत बिहीबार ४ अर्ब ९० करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३३३ स्टकको ७८ हजार ८०८ पटकको कारोबारमा ६ अर्ब ४७ करोड २६ लाख ७ हजार रुपैयाँबराबरको १ करोड २३ लाख ९ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

१३ उपसमूहमध्ये यस दिन ४ उपसमूहको परिसूचक बढेको छ भने ९ उपसमूहको परिसूचक घटेको छ। यस दिन उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक १।०२ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन विकास बैंक, होटल तथा पर्यटन र म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य बढेको हो। कारोबारमा आएको व्यापार उपसमूहको परिसूचक यस दिन सर्वाधिक १।१६ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन एसवाई प्यानल नेपाल शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ४२ करोड २२ लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ। त्यस्तै, यस दिन राधी विद्युत कम्पनीको साढे ३१ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ भने मञ्जुश्री फाइनान्सको कारोबार रकम साढे २७ करोड रुपैयाँ नाघेको छ।

यस दिन दुई स्टकको शेयर सकारात्मक सर्किट लागेको छ। यस दिन एसवाई प्यानल नेपाल र श्रीनगर एग्रीटेक इन्डष्ट्रीजको शेयर सकारात्मक सर्किट लागेको हो। त्यस्तै, यस दिन रसुवागढी हाइड्रोपावर कम्पनीको शेयरमूल्य साढे ८ प्रतिशत बढेको छ भने सिटिजन्स म्युचुअल फण्ड ३ को इकाईमूल्य करिब ६ प्रतिशत बढेको छ। 

प्रतिकृया दिनुहोस्