×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

समाचार

भन्सार विभाग र एजेन्टबिच सहमति, आन्दोलन फिर्ता

भन्सार विभाग र एजेन्टबिच सहमति, आन्दोलन फिर्ता

काठमाडौं । देशभरका भन्सार कार्यालयमा भन्सार एजेन्टहरूले गरेको आन्दोलन फिर्ता भएको छ । भन्सार एजेन्ट महासंघका अनुसार २३ मंसिरबाट सुरु गरिएको आन्दोलन भन्सार विभाग र महासंघबीचको सहमतिसँगै फिर्ता भएको हो ।

भन्सार विभागमा पेश गरेका मागहरू व्यवस्थापन सुधार र विभाग तथा कार्यालयाबाट सम्बोधन हुने प्रकृतिका माग क्रमशः कार्यान्वयन गर्ने सहमति भएको छ ।

नियमावलीमा सम्बोधन गर्नुपर्ने मागका विषयमा अर्थ मन्त्रालयमा अवगत गराउने निर्णय भएको समेत विभागले जनाएको छ । भन्सार ऐन २०८२ मा समावेश कतिपय प्रावधानले एजेन्टको पेशागत हकहित, काम गर्ने सहजता तथा अन्तर्राष्ट्रिय व्यापार सहजीकरणमा असर पर्ने भन्दै आन्दोलनमा उत्रिएका थिए ।

प्रतिकृया दिनुहोस्