काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मुल्य हजार रुपैयाँले घटेको छ । आज छापावाला सुनको मुल्य प्रतितोला २ लाख ५१ हजार ९ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमबार छापावाला सुनको मुल्य प्रतितोला २ लाख ५२ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज १ हजार रुपैयाँले घटेर आज प्रतितोला २ लाख ५१ हजार ९ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
आज चाँदीको मुल्य प्रतितोला १५ रुपैयाँले बढेर ३ हजार ६ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ। हिजो प्रतितोला चाँदी ३ हजार ५ सय ८५ रुपैयाँमा किनबेच भएको थियो।