×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

राजनीति

कांग्रेस विशेष महाधिवेशन : ४८८ प्रतिनिधिले गराए नाम दर्ता

कांग्रेस विशेष महाधिवेशन : ४८८ प्रतिनिधिले गराए नाम दर्ता

काठमाडौं । भृकुटीमण्डपमा उद्घाटन हुने नेपाली कांग्रेसको विशेष महाधिवेशनका लागि प्रतिनिधिहरूको नाम दर्ता जारी छ । बिहान ११ बजेसम्म ४८८ जना प्रतिनिधिहरूले नाम दर्ता गराइसकेका छन् । प्रतिनिधिहरूको नाम दर्ता प्रक्रिया बिहान ८ बजेपछि सुरु भएको हो ।

महाधिवेशन स्थलको मूल गेटसँगै रहेको स्टलबाट नाम दर्ता गर्ने काम भइरहेको जनाइएको छ । बिहान ११ बजेसम्म कोशीबाट- ८३, मधेशबाट- ८२, बागमतीबाट- ६२, गण्डकीबाट- ८०, लुम्बिनीबाट -१२२, सुदुरपश्चिमबाट-३० र भातृ शुभेच्छुक, जनसम्पर्कबाट-२९ जना प्रतिनिधिहरूले नाम दर्ता गराएका छन् ।

नाम दर्ताको शुल्क एक हजार तोकिएको छ । अहिले कार्यक्रम स्थल पुगेका प्रतिनिधिहरुले नाम दर्ता गरेर कार्ड लिने क्रम जारी छ । महाधिवेशनको उद्घाटन मध्याह्न १२ बजे गर्ने तयारी छ ।  यसअघि काठमाडौं उपत्यकाका विभिन् ६ ठाउँबाट जुलुस निकालिने कांग्रेसले जनाएको छ ।  महाधिवेशन सोमबारसम्म चल्नेछ ।


 

प्रतिकृया दिनुहोस्