×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

विश्व

इरानमा अमेरिका-इजरायलको आक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ११४ पुग्यो

इरानमा अमेरिका-इजरायलको आक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ११४ पुग्यो

काठमाडौँ । इरानमा गत शनिबारदेखि सुरु भएको युद्धमा हालसम्म कम्तीमा १ हजार ११४ सर्वसाधारणको मृत्यु भएको जनाएको छ । अमेरिकामा आधारित मानवअधिकार कार्यकर्ता समाचार संस्था एचआरएएनएले सार्वजनिक गरेको तथ्यांक अनुसार युद्धका कारण ठूलो जनधनको क्षति भएको हो ।

बिहीबार सार्वजनिक गरिएको पछिल्लो विवरणअनुसार मृत्यु हुनेमध्ये १८३ जना बालबालिका रहेका छन् । तीमध्ये अधिकांश १० वर्षभन्दा कम उमेरका रहेको बताइएको छ । साथै ९ सयभन्दा बढी मृत्युको विवरण अझै पुष्टि गर्ने काम भइरहेको एचआरएएनएले जनाएको छ ।

पछिल्लो एक दिनमा भएका आक्रमणहरूमा अन्तर्राष्ट्रिय मानवीय कानुनले संरक्षण गरेका सर्वसाधारणका स्थलहरू पनि प्रभावित भएको जनाइएको छ । आक्रमणका क्रममा एक उच्च माध्यमिक विद्यालय, केही स्वास्थ्य केन्द्र र उपचार केन्द्रमा क्षति पुगेको बताइएको छ ।

यस पटकको द्वन्द्वमा मृत्यु हुनेको संख्या गत वर्षको गर्मीयाममा इरान, इजरायल र अमेरिकाबीच भएको १२ दिने युद्धमा ज्यान गुमाउने संख्याको नजिक पुगेको छ । एचआरएएनएका अनुसार त्यतिबेला इरानमा १ हजार १९० जनाको मृत्यु भएको थियो ।

इरानको राष्ट्रिय आपत्कालीन संगठनका प्रमुखका अनुसार हालसम्म करिब ६ हजार जना घाइते भएका छन् ।

यसैबीच इरानले जवाफी आक्रमण गरेपछि मध्यपूर्वका अन्य स्थानमा पनि दर्जनौँ मानिसको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् । तीमध्ये ६ जना अमेरिकी सैनिक पनि रहेका छन् ।

प्रतिकृया दिनुहोस्