काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मुल्य बढेको छ भने चाँदीको मुल्य घटेको छ । आज छापावाला सुन तोलामा ३२०० रुपैयाँ बढेर प्रतितोला तिन लाख २२ हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार सुन प्रतितोला तिन लाख १९ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी तोलामा १० रुपैयाँ घटेर प्रतितोला ४ हजार ९ सय ५५ रुपैयाँमा कारोबार भैरहेको छ ।