×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

संस्कृति/संस्कार

रातो मत्स्येन्द्रनाथको रथ मंगलबजारमा, आज सुन्धारा पुर्‍याइने

रातो मत्स्येन्द्रनाथको रथ मंगलबजारमा, आज सुन्धारा पुर्‍याइने

काठमाडौं । वर्षा र सहकालका देवता भनेर पुजिने रातो मत्स्येन्द्रनाथको रथ गाबहालबाट तानेर मंगलबजार पुर्‍याइएको छ । आज बिहीबार मंगलबजारबाट पाटनको सुन्धारामा रथ पुर्‍याउने कार्यक्रम छ ।

स्थानीयवासी र गुठियारहरूको विशेष सक्रियतामा रथ तानेर बुधबार मंगलबजार पुर्‍याइएको थियो । जात्रा तालिकाअनुसार आज दिउँसोपछि रथ सुन्धाराका लागि प्रस्थान गर्नेछ ।

मंगलवारबाट विधिवत रुपमा शुरु भएको रातो मत्स्येन्द्रनाथको रथ यात्रा मंगलवार पुल्चोकबाट तानेर गाबहाल लगिएको थियो । आज बिहानैबाट मंगलबजारमा पूजाआजा गर्ने भक्तजनहरूको ठूलो भीड लागेको छ । स्थानीय बासिन्दाहरूले रथको दर्शन र पूजा अर्चना गरिरहेका छन् ।

जात्रालाई शान्तिपूर्ण र भव्य रुपमा सम्पन्न गर्न सुरक्षा व्यवस्था पनि मजबुत पारिएको छ ।

प्रतिकृया दिनुहोस्