काठमाडौं । स्वास्थ्य बीमा बोर्डका निर्देशक डा. रघुराज काफ्लेले पदबाट राजीनामा दिएका छन् ।
उनले बोर्डको निर्देशक पदबाट दिएको राजीनामा पत्र स्वास्थ्य मन्त्रालयमार्फत् प्रधानमन्त्री समक्ष बुझाएका हुन् ।
तत्कालीन स्वास्थ्यमन्त्री प्रदीप पौडेलको पालामा तनहुँका काफ्ले स्वास्थ्य बीमा बोर्डमा नियुक्त भएका थिए । स्वास्थ्य बीमा भुक्तानीको दायित्व बढेर बोर्ड दबाबमा परेका बेला काफ्लेको राजीनामा आएको हो ।
ठूला सरकारी अस्पतालले सूचना नै निकालेर स्वास्थ्य बीमा कार्यक्रम बन्द गर्ने घोषणा गरिसकेका छन् । कतिपय बन्द गर्ने तयारीमा छन् । स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक संस्थालाई ११ अर्ब रुपैयाँभन्दा बढी भुक्तानी दिन बाँकी छ ।