×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

समाचार

सुर्खेतको त्रिकोणात्मक झोलुङ्गे पुल राष्ट्रिय प्राथमिकतामा सूचीकृत

सुर्खेतको त्रिकोणात्मक झोलुङ्गे पुल राष्ट्रिय प्राथमिकतामा सूचीकृत

काठमाडौं । सरकारले सुर्खेतको भेरी नदीमा निर्माणाधीन मेहेलकुना-खटाङ-घुमखहरे त्रिकोणात्मक झोलुङ्गे पुललाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना घोषित गरेको छ ।

मन्त्रिपरिषद्को निर्णपछि नेपालकै सबैभन्दा लामो तीनमुखे यो पुलले राष्ट्रिय गौरवको आयोजनाको मर्यादा पाएको हो । भुर्गाकोट नगरपालिकाका तीन वडालाई जोड्ने यो पुललाई पर्यटकीय केन्द्रको रूपमा विकास गर्ने लक्ष्य राखिएको छ ।

भेरी नदीले घेरिएको खटाङ टापुलमा मुख्य पिलर जडान गरी भुर्गाकोट नगरपालिकाका ८, ११ र १२ नम्बर वडालाई यो पुलमार्फत जोड्ने तयारी छ । २१ करोड १९ लाख लागतमा निर्माण हुने यो पुलको काम असार २०८३ भित्र सक्ने लक्ष्य रहेको छ ।

प्रतिकृया दिनुहोस्