×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

राजनीति

एमाले महाधिवेशनबाट निर्वाचित भएका यी हुन् १९ पदाधिकारी

एमाले महाधिवेशनबाट निर्वाचित भएका यी हुन् १९ पदाधिकारी

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ११ औँ महाधिवेशनले पार्टी पदाधिकारी निर्वाचित गरेको छ । 

एमाले महाधिवेशनमा २२६३ महाधिवेशन प्रतिनिधि थिए। ३६ जना प्रतिनिधिले मत हालेनन्। अध्यक्ष पदमा ओलीले १६६३ मत ल्याए भने पोखरेलले ५६३ मत ल्याएका हुन्।

त्यस्तै, उपाध्यक्षमा पृथ्वी सुब्बा गुरुङले १७३७ मत, विष्णुप्रसाद पौडेलले १६७५ मत, रामबहादुर थापाले १५१६ मत, गोकर्णराज विष्टले १३६८ मत र रघुजी पन्त १२५८ मतका साथ विजयी भएका छन् ।

त्यसैगरी, महासचिवमा शंकर पोख्रेलले १२२८ मतका साथ विजयी भएका छन् ।  

त्यसैगरी, उपमहासचिवमा लेखराज भट्टले १४५२ मत, रघुवीर महासेठले १३६८ मत र योगेश भट्टराई १३४८ मतका साथ विजयी भएका छन् । 

त्यस्तै, सचिव महेश बस्नेतले १५४४ मत, छविलाल विश्वकर्माले १५०६ मत, पद्माकुमारी अर्यालले १५३०मत , शेरधन राईले १५०३ मत , हिक्मतकुमार कार्कीले १३३७ मत , खगराज अधिकारीले १३३१ मत, यमलाल कँडेलले ११८५ मत, राजन भट्टराईले ११८१ मत र भानुभक्त ढकाल ११०८ मतका साथ विजयी भएका छन ।
 

प्रतिकृया दिनुहोस्