×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

राजनीति

समानुपातिक सूची र मनोनयन हस्ताक्षर संशोधन गर्ने गगन नेतृत्वको कांग्रेसको निर्णय

समानुपातिक सूची र मनोनयन हस्ताक्षर संशोधन गर्ने गगन नेतृत्वको कांग्रेसको निर्णय

काठमाडौं । गगन थापा नेतृत्वमा निर्वाचित नेपाली कांग्रेसले आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि निर्वाचन आयोगमा बुझाइएको समानुपातिकतर्फको बन्दसूची तथा मनोनयनसम्बन्धी हस्ताक्षर संशोधन गर्ने निर्णय गरेको छ।

बुधबार सम्पन्न केन्द्रीय समितिको पहिलो बैठकले उक्त निर्णय गरेको हो। निर्णय कार्यान्वयनका लागि सभापति थापा, उपसभापति विश्वप्रकाश शर्मा र पुष्पा भुसाललगायतका नेताहरू निर्वाचन आयोग पुगेका छन्।

यसअघि निर्वाचन आयोगमा दर्ता गरिएको समानुपातिक बन्दसूचीमा पूर्व सभापति शेरबहादुर देउवाको हस्ताक्षर रहेको थियो। नयाँ निर्णयअनुसार अब सो स्थानमा सभापति गगन थापाको हस्ताक्षर रहने जनाइएको छ।

प्रतिकृया दिनुहोस्