×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

समाचार

सार्वजनिक यातायातको भाडा दर बढाउने तयारी

सार्वजनिक यातायातको भाडा दर बढाउने तयारी

काठमाडौं । सरकारले सार्वजनिक यातायातको भाडा दर बढाउने तयारी गरेको छ ।

इन्धनको मूल्यमा भएको वृद्धिसँगै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यातायात व्यवस्था विभागलाई भाडा समायोजन गर्न सहमति दिएको हो । विभागका एक उच्च अधिकारीका अनुसार मन्त्रालयको सहमतिअनुसारको भाडा दर समायोजनको निर्णय आजै गर्ने तयारी छ ।

उनका अनुसार नेपालमा इन्धनको मूल्यमा भएको वृद्धिकै अनुपातमा भाडा वृद्धि गर्ने तयारी छ । मन्त्रालयले यात्रुबहाक सवारीसाधनको हकमा १६.७१ प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालवहाक सवारीको २१.६८ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवहाक सवारीको हकमा १५.७५ प्रतिशत भाडा वृद्धि गर्न सहमति दिएको छ ।

प्रतिकृया दिनुहोस्