×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

समाचार

मङ्सिरमा ४० करोड राजस्व सङ्कलन

मङ्सिरमा ४० करोड राजस्व सङ्कलन

काठमाडौं । नेपाल प्रहरीले चालू आर्थिक वर्ष २०८२/८३ को मङ्सिर महिनामा ४० करोड २५ लाख ४९ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ । कानुन कार्यान्वयन तथा विभिन्न कारबाहीका क्रममा उक्त राजश्व सङ्कलन गरिएको हो । 

केन्द्रीय प्रहरी प्रवक्ता, प्रहरी नायव महानिरीक्षक अविनारायण काफ्लेका अनुसार प्रहरीले अवैध मालसामान बरामद वापत १७ करोड ९५ लाख ६७ हजार रुपैयाँ, अदालती फैसला कार्यान्वयनबाट १२ करोड ३७ लाख ३६ हजार रुपैयाँ, ट्राफिक कारबाहीवापत ७ करोड १५ लाख ९३ हजार रुपैयाँ तथा अवैध सुनचाँदी बरामदवापत ८९ लाख ४५ हजार ३ सय ९३ रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।

यस्तै हुण्डी कारोबार गर्नेहरुबाट ६४ लाख ४३ हजार रुपैयाँ, स्रोत नखुलेको रकम ८५ लाख ९ हजार रुपैयाँ, अवैध नदीजन्य पदार्थ उत्खनन् गर्नेहरुबाट २७ लाख ६४ हजार रुपैयाँ अवैध काठ बरामदबाट २ लाख ८७ हजार रुपैयाँ र अवैध पशुपंक्षीको कारोबार गर्नेहरुबाट ७ लाख २ हजार बरामद गरेको प्रवक्ता काफ्लेले बताए । 
 

प्रतिकृया दिनुहोस्