काठमाडौं । आज नेप्सेमा चार वटा कम्पनीको शेयर मूल्य समायोजन भएको छ । नेप्सेमा डिप्रोक्स लघुवित्त, सपोर्ट लघुवित्त, छिमेक लघुवित्त, मिथिला लघुवित्तको बोनश शेयरमा मूल्य समायोजन भएको हो। यी कम्पनीहरुले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बुक क्लोज गरेसँगै नेप्सेले नयाँ मूल्य निर्धारण गरी मूल्य समायोजन गरेको हो ।
मिथिला लघुवित्तको १४.२५ प्रतिशत बोनश शेयरपछिको मूल्य समायोजन भएको हो । मूल्य समायोजन पश्चात शेयरमूल्य १३२५ रुपैयाँ ९५ पैसा कायम भएको छ। कम्पनीको सोमबारको अन्तिम कारोबार मूल्य १५१४.९० रुपैयाँको आधारमा मूल्य समायोजन गरिएको हो ।
त्यसैगरि सपोर्ट लघुवित्तको ९.५० प्रतिशत बोनश शेयरपछिको मूल्य समायोजन भएको हो । मूल्य समायोजन पश्चात शेयरमूल्य १७ सय २२ रुपैयाँ ३७ पैसा कायम भएको छ। कम्पनीको सोमबारको अन्तिम कारोबार मूल्य १८ सय ८६ रुपैयाँको आधारमा मूल्य समायोजन गरिएको हो ।
छिमेक लघुवित्तको १२ दशमलव ५ प्रतिशत बोनश शेयरपछिको मूल्य समायोजन भएको हो । मूल्य समायोजन पश्चात शेयरमूल्य ९२८ रुपैयाँ ८० पैसा कायम भएको छ। कम्पनीको सोमबारको अन्तिम कारोबार मूल्य १०४४.९० रुपैयाँको आधारमा मूल्य समायोजन गरिएको हो ।
डिप्रोक्स लघुवित्तको ८ प्रतिशत बोनश शेयरपछिको मूल्य समायोजन भएको हो । मूल्य समायोजन पश्चात शेयरमूल्य ८ सय रुपैयाँ कायम भएको छ। कम्पनीको सोमबारको अन्तिम कारोबार मूल्य ८ सय ८० रुपैयाँको आधारमा मूल्य समायोजन गरिएको हो ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बुकक्लोज अघिकाे अन्तिम काराेबार दिन सकिएसँगै नेप्सेले मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो। यही समायोजित मूल्यका आधारमा भोली दोस्रो बजारमा यी कम्पनीहरुको शेयर कारोबार खुल्नेछ। तमु ल्होसारको उपलक्ष्यमा आज शेयर बजार बन्द रहनेछ।