काठमाडौं । राजावादी प्रदर्शनमा आउन भन्दै म्यासेज पठाउने निर्देश सेढाईं पक्राउ परेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सेढाईंलाई पक्राउ गरेको हो । उनले एकै पटक धेरै मान्छेलाई राजावादी प्रदर्शनमा आउन भन्दै एसएमएस पठाएको पाइएको छ ।
५० लाख जनालाई म्यासेज पठाएको जनाइएको छ । नेपाल टेलिकमको गेट वे प्रयोग गरी एटी अलर्टको नाममा यसरी उनले म्यासेज गरेको बताइएको छ । यसरी म्यासेज गर्न उनले दूरसञ्चार कम्पनीसँग सम्झौता गरेको पाइएको छ । तीनै मध्येका दुई वटा कम्पनी प्रयोग गरी एक करोड खर्चेर म्यासेज पठाएको दाबी सेढाईंको छ ।
चितवनका सेढाईं कारको व्यवसाय गर्छन् । उनको पेट्रोल पम्प समेत रहेको छ ।