काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । आइतबार छापावाला सुनको मूल्य प्रतितोला २ लाख ५८ हजार ८ सय रुपैयाँमा कामय भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो भाउ हालसम्मकै उच्च हो ।
शुक्रबार प्रतितोला २ लाख ५६ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज २ हजार २ सय रुपैयाँले बढेर २ लाख ५८ हजार ८ सय रुपैयाँमा कामय भएको महासंघले जनाएको छ । यसअघि हालसम्मकै उच्च मुल्य प्रतितोला २ लाख ५८ हजार रुपैयाँको रेकर्ड बनाएको थियो ।
आज चाँदीको मुल्यमा भारी गिरावट आएको छ । आज चाँदी प्रतितोला ६ सय २५ रुपैयाँले घटेको हो । यससँगै चाँदी प्रतितोला ३ हजार २ सय ८० रुपैयाँ कायम भएको छ। गत शुक्रबार चाँदी प्रतितोला ३ हजार ९ सय ५ रुपैयाँमा कारोबार भएको थियो।