काठमाडौं । सुनचाँदी बजारमा आज छापावाला सुनको मुल्य एकैदिन २८ सय रुपैयाँले बढेको छ । आज छापावाला सुनको मुल्य प्रतितोला २ लाख ७० हजार ६ सय रुपैयाँ कायम नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
शुक्रबार छापावाला सुनको मुल्य प्रतितोला २ लाख ६७ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज २ हजार ८ सय रुपैयाँले बढेर २ लाख ७० हजार ६ सय रुपैयाँ कायम महासंघले जनाएको छ ।
आज चाँदीको मुल्य पनि बढेको छ । आज चाँदी प्रतितोला २ सय १० रुपैयाँले बढेको हो । यससँगै चाँदी प्रतितोला ४ हजार ९ सय ९० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । गत शुक्रबार चाँदी प्रतितोला ४ हजार ७ सय ८० रुपैयाँमा कायम भएको महासंघले जनाएको थियो ।