×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

समाचार

रवि लामिछाने र छविलाल जोशीको मुद्दा ’हेर्न नमिल्ने’मा

रवि लामिछाने र छविलाल जोशीको मुद्दा ’हेर्न नमिल्ने’मा

काठमाडौं । सहकारी ठगी र संगठित अपराध अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र  तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दाको आजको सुनुवाई हेर्न नमिल्ने मा परेको छ ।

उनीहरूको मुद्दाको सुनुवाइ न्यायाधीशहरु तेजनारायण पौडेल र सागर विष्टको चार नम्बर इजलाशमा परेको थियो । तर मुद्दाको मिसिलमा  जाहेरवालाका कानुन व्यवसायी शालिकराम पौडेलको नाम वकालत नामामा समावेश भएको भन्दै न्यायाधीशले मुद्दा हेर्न नमिल्ने तर्क गरेर सुनुवाइ स्थगित गरेको जनाइएको छ । 

न्यायाधीशले नाम लिएका व्यक्तिले जिल्ला, उच्च र सर्वोच्च कतै पनि बहसमा आएका थिएनन् । बिगो बराबरको रकम राखेर कारागार बाहिर बसेर मुद्दा लड्न पाउनुपर्ने माग गर्दै लामिछानेले  च्च अदालतमा  पुनरावेदन गरेका थिए । यसअघिको उनको मुद्दाको सुनुवाइ सार्वजनिक बिदा भएका कारण हुन सकेको थिएन ।

बुटवलको सुप्रिम सहकारी संस्थाको रकम ठगी र संगठित अपराध अभियोगमा थुनामा रहेका लामिछाने र जोशीको मुद्दाको विहिबारको पेशी गत कात्तिक १३ गतेपछिको निरन्तर सरिरहेको छ ।

लामिछानेले सहकारीमा भएको अपचलनको आफ्नो हिस्साको बिगो रकम दाखिला गरे पनि जिल्ला अदालत रुपन्देहीका न्यायाधीश नारायण सापकोटाको इजलासले साउन २६ गते रिहा गर्न अस्वीकार गरेपछि उनी पुर्पक्षमा छन् । लामिछाने हाल नख्खु कारागारमा छन् भने छवि भैरहवा कारागारमा छन् ।


 

प्रतिकृया दिनुहोस्