×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

समाचार

सामाजिक सुरक्षा कोषमार्फत योगदानकर्ताले पाए १८ अर्ब भन्दा बढी भुक्तानी

सामाजिक सुरक्षा कोषमार्फत योगदानकर्ताले पाए १८ अर्ब भन्दा बढी भुक्तानी

काठमाडौं । सामाजिक सुरक्षा कोषमार्फत अहिलेसम्म योगदानकर्ताले १८ अर्ब ३३ करोड ६५ लाख रुपैयाँ भुक्तानी पाएका छन् । भुक्तानी पाउनेहरुमा स्वदेश तथा विदेशमा श्रम गर्ने श्रमिक समावेश छन् ।

कोषका अनुसार २०७६ साउनदेखि २०८२ पुस ३० गतेसम्म दुई लाख ६२ हजार २ सय ६४ जना योगदानकर्ताले भुक्तानी पाएका कोषले बताएको छ । त्यस्तै अहिलेसम्म २७ लाख ४० हजार ४ सय ४४ जना योगदानकर्ता औपचारिक रूपमा कोषमा सूचीकृत भएका छन् ।

सरकारले २०७५ मंसिर ११ गते कोषको औपचारिक घोषणा गरेको भए पनि योगदान सङ्कलन २०७६ साउनदेखि शुरु गरिएको थियो ।

प्रतिकृया दिनुहोस्