×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

शेयर बजार

नेप्सेमा आज ३२.०८ अंकको गिरावट, २१ अर्ब ५० करोडको कारोबार

नेप्सेमा आज ३२.०८ अंकको गिरावट, २१ अर्ब ५० करोडको कारोबार

काठमाडौँ । नेप्सेमा आज गिरावट आएको छ । मंगलबार नेप्से ३२.०८ अंकले घटेर २८४३. ३५ विन्दुमा पुगेर रोकिएको छ ।

आज ३२९ कम्पनिका ५ करोड २७ लाख ११ हजार ३५३ कित्ता शेयर २१ अर्ब ५० करोड २० लाख ३१ हजार ३२० मा कारोबार भएको थियो । आज जीवन बीमा, म्युचुअल फण्ड र निर्जीव वीमा बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।

आज रिलायन्स स्पिनिंग मिल्सको शेयरमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै  सालपा विकास बैंकको शेयर ९.९९ प्रतिशतले बढेको छ भने थ्री स्टार हाइड्रो शेयर ९. ०८ प्रतिशतले बढेको छ । त्यसैगरी आज सबैभन्दा बढी हिमस्टारको शेयर ६.३६ प्रतिशतले घटेको छ ।

त्यस्तै आज सबै भन्दा बढी एनगाडी ग्रुप पावरको एक अर्ब ९ करोड ७३ लाख बराबरको कारोबार भएको छ भने अन्खु खोला जलविद्युतको ६९ करोड ६४ लाख बराबरको कारोबार भएको छ भने रिडी अपि पावरको ६१ करोड ६८ लाख बराबरको कारोबार भएको छ ।

 

प्रतिकृया दिनुहोस्