×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

राजनीति

प्रतिनिधिसभा पुनर्स्थापना माग गर्दै दायर सबै मुद्दा एकैसाथ राखेर सुनुवाइ हुने

प्रतिनिधिसभा पुनर्स्थापना माग गर्दै दायर सबै मुद्दा एकैसाथ राखेर सुनुवाइ हुने

काठमाडौं । प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै सर्वोच्च अदालतमा दायर भएका सबै रिटमाथि एकैसाथ सुनुवाइ हुने भएको छ ।

प्रतिनिधिसभा पुनर्स्थापना माग गर्दै कांग्रेस र अन्य दलका गरी निवर्तमान सांसदहरूले दायर गरेको रिटमा बुधबार सुनुवाइ भएको थियो ।

सर्वोच्चको संवैधानिक इजलासमा भएको यो सुनुवाइपछि यसअघि कांग्रेसका ८ निवर्तमान सांसदहरूले दायर गरेको रिटसँगै राखेर सुनुवाइ गर्न आदेश जारी भएको हो ।

कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरे, सचेतक सुशीला थिङसहित ८ निवर्तमान सांसदले दिएको निवेदनका साथ सरिक हुन पाउँ भनी पूरक निवेदन दिएपछि संवैधानिक इजलासले एकैसाथ सुनुवाइ गर्न आदेश दिएको हो ।

अब संसद् पुनर्स्थापनाको माग राखि सर्वोच्चमा दर्ता भएका रिटमाथि एकसाथ सुनुवाइ हुनेछ ।

प्रतिकृया दिनुहोस्