×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

समाचार

पोखरा विमानस्थलका तत्कालीन आयोजना प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

पोखरा विमानस्थलका तत्कालीन आयोजना प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा विमानस्थलका तत्कालीन आयोजना प्रमुख बिनेश मुनकर्मीविरुद्ध भ्रष्टाचार गरेर अस्वभाविक सम्पत्ति कमाएको आरोपमा भ्रष्टाचार मुद्दा पेश गरेको छ ।

विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीका अनुसार, केहीबेर अघिमात्रै आरोपपत्र पेश भएको हो । र उक्त आरोपपत्र रुजु हुने क्रममा छ ।

उनीमाथि गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरेको आरोप छ । अख्तियारले पोखरा विमानस्थलको भ्रष्टाचार मुद्दा दायर गरेको एक सातामै त्यही विमानस्थलका प्रमुख रहेका व्यक्तिमाथि अर्को मुद्दा दायर गरेको हो ।

प्रतिकृया दिनुहोस्