काठमाडौं । मंगलबार नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । आज छापावाला सुन तोलामा ५ सय रुपैयाँ घटेर प्रतितोला तिन लाख २२ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुन प्रतितोला तिन लाख २२ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी तोलामा ४५ रुपैयाँ घटेर प्रतितोला ४ हजार ९ सय रुपैयाँमा कारोबार भैरहेको छ ।