×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

समाचार

आदिवासी जनजाति महासंघद्वारा सोविता गौतमसँग सार्वजनिक माफीको माग

आदिवासी जनजाति महासंघद्वारा सोविता गौतमसँग सार्वजनिक माफीको माग

काठमाडौं । नेपाल आदिवासी जनजाति महासंघले राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ सोविता गौतमले आदिवासी जनजाति समुदायबारे दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै सार्वजनिक रूपमा माफी माग्न माग गरेको छ।

चुनावी कार्यक्रममा बोल्दै गौतमले आदिवासी जनजाति समुदाय ‘पैसामा बिक्ने’ आशय व्यक्त गरेको आरोप लागेपछि विषयले व्यापक चर्चा पाएको हो। उक्त अभिव्यक्तिलाई लिएर महासंघअन्तर्गत चितवन जिल्ला परिषद् सचिवालयले विज्ञप्ति जारी गर्दै कडा आपत्ति जनाएको छ।

जारी विज्ञप्तिमा आदिवासी जनजाति समुदायलाई ‘पैसाले किन्न सकिने’ वा ‘बिक्न सक्ने वर्ग’का रूपमा चित्रण गर्नु गम्भीर अपमान भएको उल्लेख गरिएको छ। परिषद्ले यस्तो अभिव्यक्तिले वर्षौंदेखि पहिचान, स्वाभिमान र अधिकारका लागि संघर्षरत समुदायको गरिमामा चोट पुगेको जनाएको छ।

महासंघले जिम्मेवार राजनीतिक व्यवहार अपनाउन आग्रह गर्दै यस्ता अभिव्यक्तिले सामाजिक सद्भाव र सहअस्तित्वमा नकारात्मक असर पार्न सक्ने चेतावनी दिएको छ। साथै, विवादित भनिएको अभिव्यक्तिबारे स्पष्ट धारणा सार्वजनिक गर्न र समुदायसँग माफी माग्न सम्बन्धित नेतृसमक्ष औपचारिक माग गरिएको छ।

 

null

प्रतिकृया दिनुहोस्